सिड्नी (Sydney) र न्यू साउथ वेल्स (NSW) मा अध्ययन

सिड्नी (Sydney) र न्यू साउथ वेल्स (NSW) मा अध्ययन

न्यू साउथ वेल्स राज्य अष्ट्रेलियाको प्रमुख अध्ययन गन्तव्य हो। १९० भन्दा बढी देशहरूको प्रतिनिधित्वका साथ, न्यू साउथ वेल्स देशकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विद्यार्थी समुदायहरूको घर हो।

स्टडी न्यू साउथ वेल्स (Study NSW) ले अन्तर्राष्ट्रिय विद्यार्थीहरू र अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका लागि न्यू साउथ वेल्स सरकारको सहयोगको नेतृत्व गर्दछ । हामी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग गर्न र न्यू साउथ वेल्स लाई अध्ययन गर्ने विश्वको सबैभन्दा राम्रो ठाउँको रूपमा प्रवर्धन गर्न व्यवसायहरू र समुदायहरूसँग साझेदारी गर्छौं।

हाम्रो राज्यले सिक्न, काम गर्न र अन्वेषण गर्नको लागि अतुलनीय अवसरहरू प्रदान गर्दछ। हामी सुरक्षित, मैत्रीपूर्ण र स्वागतयोग्य वातावरणमा विश्वव्यापी रूपमा प्रतिस्पर्धी शिक्षा प्रदान गर्न न्यू साउथ वेल्स लाई सहयोग गर्दा गर्व महसुस गर्दछौं।

न्यू साउथ वेल्स (NSW) को लागि आफ्नो यात्राको योजना बनाउनुहोस्

न्यू साउथ वेल्स (NSW) नै किन

न्यू साउथ वेल्स एक प्रतिष्ठित शिक्षा गन्तव्य हो। यसले एक समृद्ध अर्थव्यवस्था, विश्वव्यापीरूपमा प्रभावशाली शिक्षा प्रदायकहरू, क्षेत्रीय केन्द्रहरू र युनेस्को विश्व सम्पदा स्थलहरू प्रस्तुत गर्दछ।

२०३० सम्ममा १ लाख करोड (एक ट्रिलियन) डलरको अर्थतन्त्रमा लम्कँदै गर्दा, मूडीज एण्ड फिच (Moody’s and Fitch) को हालको ट्रिपल ए क्रेडिट मूल्याङ्कनको साथ, न्यू साउथ वेल्स अष्ट्रेलियाको वित्तीय केन्द्रको रूपमा स्थापित छ। यसले विश्वव्यापी नेताहरू, कला, खेल र विज्ञानमा अन्तर्राष्ट्रिय कार्यक्रमहरू आयोजना गर्दछ, र यहाँ गुगल, एटलसियन र माइक्रोसफ्ट लगायत विश्वका केही सबैभन्दा सफल व्यवसायहरूका राष्ट्रिय मुख्यालय अवस्थित छन् ।

विश्वव्यापी रूपमा सूचीबद्ध गरिएका ११ विश्वविद्यालयहरू, व्यावसायिक शिक्षा र अंग्रेजी भाषा क्षेत्रहरू र एक सफल विद्यालय कार्यक्रमको घर, न्यू साउथ वेल्स शिक्षा समूह, स्नातक परिणामहरू र रोजगारमूलक योग्यता र त्यसका साथै, दिगो विकास लक्ष्यहरू र यसको स्टार्ट - अप इकोसिस्टममा पारेको प्रभावको लागि परिचित छ।

अध्ययन गन्तव्यहरू

६ वटा अध्ययन क्षेत्रहरू (सिड्नी, पश्चिमी सिड्नी, न्यूक्यासल र हन्टर, वोलोन्गोंग र दक्षिण तट, उत्तरी तट र ग्रामिण न्यू साउथ वेल्स) ८१ लाख भन्दा बढी जनसंख्याको घर हो । न्यू साउथ वेल्सको विविधता यहाँ बोलिने २१५ भाषाहरू र स्वतन्त्र रूपमा अभ्यास गरिएका १४८ धर्महरू मार्फत प्रतिबिम्बित हुन्छ ।

सिड्नी (Sydney) मा अध्ययन

बन्दरगाह, सुन्दर समुद्र तटहरू, अद्भुत खाना तथा वाइन र मनोरञ्जनको लागि प्रसिद्ध सिड्नी, अगाडि बढ्ने सोच राख्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरू र भोलिका विश्वव्यापी नेताहरूको लागि उत्तम स्थान हो ।

सिड्नी अष्ट्रेलियाको सबैभन्दा लोकप्रिय अध्ययन गन्तव्य हो । हाम्रा शीर्ष - श्रेणीका विश्वविद्यालयहरू र अनुसन्धान सुविधाहरूले विश्वव्यापी रूपमा मान्यता प्राप्त योग्यता र पेसागत सम्बन्धहरू विस्तार गर्न खोज्ने विद्यार्थीहरूलाई आकर्षित गर्छन् । सिड्नीले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि उनीहरूको अध्ययनको बखतमा र पछि पनि अनगिन्ती कामका अवसरहरू प्रदान गर्दछ ।

उच्च - गुणस्तरको व्यावसायिक शिक्षा र प्रशिक्षण प्रदायकहरू, प्राथमिक र माध्यमिक विद्यालयहरू, अंग्रेजी भाषाका पाठ्यक्रमहरू र विश्वविद्यालयहरू सिड्नीभरि पाउन सकिन्छ ।

सिड्नी (Sydney) मा अध्ययन

पश्चिमी सिड्नी (Western Sydney) मा अध्ययन

पश्चिमी सिड्नीमा विश्वविद्यालयहरू, विद्यालयहरू, सबल उत्पादन क्षेत्र, तीन प्रमुख स्वास्थ्य क्षेत्रहरू, विश्व सम्पदा - सूचीबद्ध प्राकृतिक क्षेत्रहरूसँगको निकटता, र एक कुशल र सांस्कृतिक रूपमा विविध जनसंख्याको खजाना छ ।

पश्चिमी सिड्नी अष्ट्रेलियाको सब भन्दा द्रुत बृद्धि भइरहेका क्षेत्रहरू मध्ये एक हो र यसले पारामाटा (Parramatta), ब्लू माउण्टेनस् (Blue Mountains), क्यामडेन (Camden), क्याम्पबेलटाउन (Campbelltown), फेयरफिल्ड (Fairfield), हक्सब्री (Hawkesbury), लिभरपूल (Liverpool), पेनरिथ (Penrith) र वोलनडिली (Wollondilly) लाई समेट्छ ।

पश्चिमी सिड्नी अन्तर्राष्ट्रिय (न्यान्सी - बर्ड वाल्टन) विमानस्थलले २०२६ मा सञ्चालन सुरु गर्नेछ । नयाँ विमानस्थलको छेउमा ब्र्याडफिल्ड शहर विकसित गरिनेछ । यो अष्ट्रेलियाको पहिलो उद्देश्य - निर्मित २२ औं शताब्दीको शहर हुनेछ र उन्नत उत्पान/निर्माण, एयरोस्पेस र रक्षा, कृषि व्यवसाय र फार्मा, ढुवानी र वोसारपसार, स्वास्थ्य र शिक्षाको लागि प्रमुख इन्डो - प्यासिफिक केन्द्र बन्नेछ ।

वेस्टर्न पार्कल्याण्ड सिटी अष्ट्रेलियाको आर्थिक पावरहाउस हो । २०३६ सम्म १४ लाख पूर्वानुमानित जनसंख्याको साथ, यो अष्ट्रेलियाको सब भन्दा द्रुतरुपमा बृद्धि हुने शहरी क्षेत्रहरू मध्ये एक हो ।

पश्चिमी सिड्नी (Western Sydney) मा अध्ययन

वोलोन्गोंग (Wollongong) र दक्षिण तट (South Coast) मा अध्ययन

वोलोन्गोंग र दक्षिण तटले वन्यजन्तु र सांस्कृतिक विविधतामा धनी वातावरण, सुस्त गतिको जिवनसैलीसँगै असाधारण काम र अध्ययन अवसरहरू प्रदान गर्दछ। वोलोन्गोंगले सुरक्षित, आरामदायी, तटीय जीवनशैली प्रदान गर्दछ ।

यो वोलोन्गोंग विश्वविद्यालय (UoW) को घर पनि हो जुन विश्वको शीर्ष २०० विश्वविद्यालयहरू मध्ये एक हो । UoW को अत्याधुनिक इनोभेसन क्याम्पस यस क्षेत्रमा रोजगारी सिर्जना र लगानीको प्रमुख चालक हो ।

अध्ययन र कामको बीचमा, दक्षिण तटमा रमाउनको लागि धेरै कुरा छन् । पानीमा खेलिने खेलहरू खेल्ने, पैदल यात्रामा जाने, साइकल चलाउने र व्हेल हेर्ने जस्ता नयाँ साहसिक कृयाकलापहरूमा भाग लिनुहोस्, वा केही प्रसिद्ध खाना र वाइन उत्पादकहरूको भ्रमण गर्नुहोस् ।

 

वोलोन्गोंग (Wollongong) र दक्षिण तट (South Coast) मा अध्ययन

न्यूक्यासल (Newcastle) र हन्टर क्षेत्र (Hunter Region) मा अध्ययन

यूक्यासल, न्यू साउथ वेल्सको दोस्रो ठूलो शहर हो । न्यूक्यासलको शक्ति, यसको प्रगतिशील स्टार्टअप क्षेत्रको साथमा स्वास्थ्य, उन्नत उत्पादन/निर्माण, एयरोस्पेस, रक्षा, पर्यटन र खानीमा निहित छ । अष्ट्रेलियाको सबैभन्दा पुरानो वाइन क्षेत्र हन्टर उपत्यका पनि एक लोकप्रिय आकर्षण हो ।

हन्टरले अष्ट्रेलियाली जीवनशैलीको उत्कृष्ट भागहरू — आर्कषक तटरेखाहरू, ग्रामीण समुदायहरू, अविश्वसनीय खाना र पर्यटन — सिड्नी र बाहिरको सजिलो पहुँचको साथ सँगै ल्याउँछ ।

न्यूक्यासल अष्ट्रेलियाको अग्रणी विश्वविद्यालयहरू, न्यूक्यासल विश्वविद्यालय (UoN) को घर हो, जसमा विज्ञान, प्रविधि, ईन्जिनियरिङ् र गणित सहित विश्वव्यापी रूपमा माग गरिएको स्टेम (STEM) विषयहरू पढाइन्छन् ।

न्यूक्यासललाई यसको औद्योगिक विगतदेखि महत्वपूर्ण परिवर्तनको माध्यमबाट विकसित भएकोमा र ज्ञानमा आधारित सेवा अर्थव्यवस्था अँगाल्न सफल भएकोमा राष्ट्रिय भौगोलिक स्मार्ट सिटीको नाम पनि दिइएको छ।

पूर्वाधार र आवासीय विकासमा महत्वपूर्ण लगानी, लाइट रेल नेटवर्क र प्रमुख यातायात हब इन्टरचेन्ज, एयरपोर्ट विस्तार र अन्तर्राष्ट्रिय क्रूज जहाज टर्मिनलले, यस क्षेत्रले लाई उद्योग अगुवाहरूलार्इ आर्कषित गर्दछ।

न्यूक्यासल (Newcastle) र हन्टर क्षेत्र (Hunter Region) मा अध्ययन

उत्तरी तट (North Coast) मा अध्ययन

उत्तरी तट पोर्ट म्याक्वेरी, कफ्स हार्बरदेखि लिस्मोर र बायरन बेसम्म फैलिएको छ । यस क्षेत्रले वन विज्ञान, समुद्री र वातावरणीय विज्ञान लगायतका विश्वव्यापी उद्योगहरूमा असाधारण अध्ययन, अनुसन्धान र रोजगारीका अवसरहरू प्रदान गर्दछ ।

उत्तरी तट क्षेत्र राज्यको उत्तर - पूर्वमा अवस्थित छ र शहरी, तटीय र ग्रामीण जीवनशैलीको मिश्रण गरि जीवन - कार्य - खेल सन्तुलन प्रदान गर्दछ ।

न्यू साउथ वेल्सको उत्तरी तट वास्तविक ग्रामीण समुदायहरू र अष्ट्रेलियाका केही उत्कृष्ट समुद्र तटहरूको घर हो । यस क्षेत्रको विशिष्ट परिदृश्यले पर्यटन, कृषि व्यवसाय, निर्माण र प्रविधि जस्ता प्रमुख उद्योगहरूमा कामका अवसरहरू प्रदान गरेर यस क्षेत्रको अर्थव्यवस्थाको जगलार्इ मजबुद बनाउँछ। प्रत्येक वर्ष करिब १ करोड ३० लाख मानिसहरू उत्तरी तट भ्रमण गर्छन्, जसले पर्यटनलाई रोजगारीको महत्वपूर्ण स्रोतको रुपमा स्थापना गरेको छ

उत्तरी नदीहरू (The Northern Rivers) अभिनव व्यवसायहरू र वैकल्पिक जीवनशैलीहरूको लागि एक लोकप्रिय विकल्प हो, जसमा रचनात्मकदेखि जैवप्रविधि, पर्यटनदेखि कृषिसम्म विभिन्न क्षेत्रहरूमा अवसरहरू छन् ।

उत्तरी तट अष्ट्रेलियाको तेस्रो ठूलो पर्यटन क्षेत्र हो जुन आन्तरिक रात बसाइमा आधारित छ ।

उत्तरी तटले बलियो र बढ्दो अर्थव्यवस्थालाई सहयोग गर्दछ । यस क्षेत्रमा स्वास्थ्य र सामाजिक सहायता, शिक्षा र प्रशिक्षण, र निर्माण, पर्यटन, रचनात्मक, खुद्रा र कृषि क्षेत्रहरूमा निरन्तर आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ ।

उत्तरी तट (North Coast) मा अध्ययन

रिजनल (क्षेत्रीय) न्यू साउथ वेल्समा अध्ययन

रिजनल न्यू साउथ वेल्सले वास्तविक ग्रामीण अष्ट्रेलियाली अनुभवहरू प्रदान गर्दछ । यस क्षेत्रले ग्रामीण मैदान र कृषक समुदायदेखि विश्व सम्पदा सूचीकृत राष्ट्रिय निकुञ्ज र नदीहरू सम्मका विविध परिदृश्यहरू समेट्छ ।

यस क्षेत्रको सफा, हरियो, खुला ठाउँहरू राज्यको सब भन्दा द्रुत बृद्धि हुने भित्री शहरहरूको घर हो । प्रमुख कृषि व्यवसाय र खाद्य उत्पादन केन्द्रको रूपमा मान्यता प्राप्त, यस क्षेत्रले धेरै चिसो - जलवायु दाखबारी र खाद्य ट्रेल्स पनि प्रदान गर्दछ । एक बलियो कृषि सम्पदालाई क्षेत्रीय इन्क्यूबेटरहरू, प्रजनन र आनुवंशिकी अनुसन्धान संगठनहरू र सहकारी अनुसन्धान केन्द्रहरूद्वारा मजबुद बनाइएको छ ।

रिजनल (क्षेत्रीय) न्यू साउथ वेल्समा अध्ययन